युवाको महत्वपूर्ण भूमिका “प्रधानमन्त्री देउवा”

  Sampatti News

August 12, 2022

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुने बताएको छ ।

युवाले जीवनोपयोगी सीप सिकेर स्वदेशकै माटोमा जीविकोपार्जनमा लाग्नुपर्ने प्रम देउवाको भनाइ छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार राष्ट्रिय युवा परिषद्ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसजस्ता कार्यक्रमले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने पनि प्रम देउवाको भनाइ छन् ।

प्रकाशित मिति:August 12, 2022