बाँकेका २९ जना संक्रमितले कोरोनालाई जितेर आज घर फर्किए

  Sampatti News

June 9, 2020

काठमाडौं । बाँकेका २९ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् ।

कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्र र राप्तिसोनारी गाउँपालिकाको आइसोलेनमा उपचार गराइरहेका २९ जनाले कोरोनालाई जितेर आज डिस्चार्ज भएका हुन् ।

पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि कृषि विकास बैंक तालिम केन्द्रबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाबाट ७ जना डिस्चार्ज भई घर जान लागेका हुन् ।

प्रकाशित मिति:June 9, 2020