आज पिपुल्स पावर कम्पनीको आइपिओ आइतबार बाँडफाँट हुँदै

  Sampatti News Online

August 28, 2022

काठमाडौँ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौँमा दिउँसो २ बजे आइपिओ बाँडफाँट गर्ने तयारी भएको छ। यसको प्रि-अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ।

यसमा मागभन्दा ७।९३ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ। जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ।

यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ जारी गरेको थियो।

प्रकाशित मिति:August 28, 2022