राष्ट्रिय सभाको बैठक आज बस्दै नागरिकता विधेयकमाथि छलफल हुने

  Sampatti News Online

September 2, 2022

काठमाडौं १७ भदौ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो । बैठक भदौ १७ गते शुक्रबार अपराह्न २स् ५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो ।

उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति:September 2, 2022