पछिल्लो २४ घण्टामा देशभर २ सय ७९ जनामा कोरोना संक्रमण

  Sampatti News

June 10, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।
आज थपिएका संक्रमितमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगको हो ।
हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएका छन् ।

प्रकाशित मिति:June 10, 2020