अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावनाः लम्साल

  Sampatti News Online

September 15, 2022

३० भदौ, काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा तत्काल नेपालका तर्फबाट कुनै पनि निर्णय नहुने स्पष्ट पारेका छन्।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन्।

अहिले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेको र यस विषयमा राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा अहिले निर्णय नहुने उनको भनाइ छ।

नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले गर्ने भन्ने हो, उनले भनिन्।

प्रवक्ता लम्सालले प्राकृतिक प्रकोपमा फसेको पाकिस्तानलाई मानवीय हिसाबले नेपालले सक्ने सहयोग गरेको र आगामी दिनमा सहयोग आदान प्रदान हुने बताइन्।

प्रकाशित मिति:September 15, 2022