शान्तिपूर्ण सम्मेलनमा प्रहरी हस्तक्षेप दुई दर्जन नेताकार्य गिरफ्तार

  Sampatti News Online

September 16, 2022

३१ भदौ, काठमाडौं । गुल्मी,नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)का महासचिव रुपा बुढा मगर र नेकपा(बहुमत)का गुल्मी संयोजक चिराग र क्रान्तिकारी कै केन्द्रिय सदस्य पदम नेपाली सहितका दुई दर्जन बिद्यार्थी नेतालाइ प्रहरीले गिरफ्तार गरेको छ । उनिहरुलाई गिरफ्तार गरि गुल्मी जिल्ला प्रहरी कार्यलय गुल्मी तम्घासमा राखिएको छ ।

अखिल (क्रान्तिकारी)को गुल्मी जिल्लाको सम्मेलन उद्घाटन गर्न पुगेका मगर सहितको टोलीलाइ प्रहरीले गिरफ्तार गरेको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले राज्यले बिद्यार्थीको सम्मेलनमा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको समेत बताएका छन् ।

प्रकाशित मिति:September 16, 2022