सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट

  Sampatti News Online

September 16, 2022

३१ भदौ, काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १४.१० अंक गिरावट हुँदा १९१०.३८ अंकमा बन्द भएको छ ।

सोमबार १९१२.७४ अंकमा झरेर बन्द भएको नेप्से मंगलबार २१.३० र बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो । तर, बिहीबार एकैदिन ५७ अंकको उच्च गिरावट भएको नेप्से शुक्रबार पनि दहोरो अंकले गिरावट हुँदा मंगलबार र बुधबार भएको वृद्धि भन्दा उच्च गिरावट भएको छ ।
उपसूचकहरुमा म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । म्युचुअल फण्ड उपसूचक ०.०७ प्रतिशतको सामान्य वृद्धि हुँदा, लगानी, उत्पादनमुलक, लघुवित्त, वित्त कम्पनी हाइड्रोपावर र विकास बैंक उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ । असारदेखि सातमा ६ दिन कारोबार हुँदै आएको भएपनि असोजदेखि भने शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेकोले शुक्रबारको कारोबार हुने आज अन्तिम दिन हो ।

प्रकाशित मिति:September 16, 2022