थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाए

  Sampatti News Online

September 16, 2022

३१ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाएका छन् ।

६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएका छन् । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ ।

आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

प्रकाशित मिति:September 16, 2022