बाणिज्य उपभोक्ता संरक्षण बिभागको महानिर्देशकमा भट्टराई

  Sampatti News Online

September 16, 2022

काठमाडौं । सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा सह–सचिव महेश भट्टराईलाई सरुवा गरेको छ ।

निजामती सेवामा २०५९ साल माघ २१ देखी शाखा अधिकृतको जिम्मेवारीमा प्रवेश गर्नुभएका भट्टराईले २०६७चैत २७ गते उपसचिब पास गर्दै कुसलता पुर्वक जिम्मेवार ढंगले राष्ट्रको सेवा गर्दागर्दै २०७७ असार १५ बाट सह सचिब पास गर्नुभएका उहाँले अर्थ मन्त्रालय अन्तर्गत एयरपोर्ट भन्सार प्रमुखको जिम्मेवारीमा रहेर काम गर्दागर्दै सरकारले महानिर्देशकको रूपमा जिम्मेवारी दिएको हो।

भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मन्त्रिस्तरीय निर्णय गरेर विभागको महानिर्देशक बनाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका थिए ।

भट्टराई यसअघि अर्थ मन्त्रालय मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख भएर महत्त्वपूर्ण काम गर्न सफल हुनुभएका भट्टराई कुसल प्रशासकका रुपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति:September 16, 2022