नेप्से ४.१५ अंकले बढ्यो

  Sampatti News Online

October 13, 2022

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । नेप्से ४.१५ अंकले बढे र बजार १८७०.६३ बिन्दुमा पुगेको छ । कारोबार रकम भने अाज (बिहीबार) पनी बढ्न सकेन ।

बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ भएको छ । बिहीबार जलविद्युत् उपसमूहबाट अन्य उपसमूह हरियाली रहे ।

सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाए । अभियान लघुवित्तमा लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लाग्दै मूल्य ६६७.० रुपैयाँ पुग्यो ।

सिटिजन्स म्युचुअल फण्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट डिभेन्चरसहितको मूल्य धेरैले घटेको छ । नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रकाशित मिति:October 13, 2022