गण्डकी प्रदेशमा बिहानै थप २४ जनामा काेराेना पुष्टि: प्रदेशमा संक्रमितको संख्या ३४८ पुग्याे

  Sampatti News

June 19, 2020

काठमाडौं । गण्डकी प्रदेशमा बिहानै २४ जनामा काेराेना संक्रमण भएकाे छ ।

प्रदेशकाे विभिन्न जिल्लामा भारतबाट अाई क्वारेन्टाइनमा बसेका व्यक्तिलाई संक्रमण भएकाे हाे ।


संक्रमितहरु नवलपरासीकाे बिनयत्रिबेणी गाउँ पालिकाका २ जना, बाग्लुङकाे गल्काेट नगरपालिकाका र काठेखाेला गाउँपालिकाका गरि १४ जना, कास्कीको पाेखरा र रुपा गाउँपालिकाका ६ जना र स्याङ्जाको कालि गण्डकि गाउँपालिका १ र साेहि जिल्लाकै पालिका नखुलेका १ जना गरि २४ जना रहेका छन् ।

संक्रमित हुनेमा १९ वर्ष देखि ६१ वर्षसम्मका २ महिला र बाँकि पुरुषहरु रहेका छन् ।

प्रकाशित मिति:June 19, 2020