कोरोनाबाट थप १ जनाको मृत्यु ‍, संक्रमणबाट मृत्यु हुनेकाे संख्या २३ पुग्यो

  Sampatti News

June 21, 2020

काठमाडौँ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट ज्यान जानेको संख्या १ थपिएको पुष्टि गरेको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ को मृत्यु भएको बताएका हुन् ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

मृतक गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वर्ष ६९ का पुरुष हुन् । प्रवक्ता डाक्टर गौतमले दिएको जानकारी अनुसार उनी प्यारालाइसिस उपचारका क्रममा भारत गएर गत २५ गते नेपाल आएका थिए ।

नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए ।

उनको मृत्यु शुक्रवार घरमै भएको थियो । शुक्रवार नै स्वाब संकलन गरी भैरहवा पठाइएकोमा शनिवार पीसीआर पोजिटिभ देखिएको हो ।

मृतकको शवको व्यवस्थापन शनिबार नै नेपाली सेनाले गरेको छ ।

प्रकाशित मिति:June 21, 2020