रसुवा बाहेका सबै जिल्लामा कोरोना संक्रमण पुष्टि: संक्रमितको संख्या दश हजारको हाराहारीमा

  Sampatti News

June 22, 2020

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ९हजार ५सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२र१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५र५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २र२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति:June 22, 2020