कोरोनाको जोखिम बढ्दै जाँदा नेपाललाई सर्तक रहन डब्लूएचओको आग्रह

  Sampatti News

June 22, 2020

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोरोना महामारीको जोखिम कायमै रहेकाले सतर्क हनु आग्रह गरेको छ ।
डब्लूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरले लकडाउन खुकुलो भएको अवस्थामा थप सचेत रहन अपिल गरेका हुन् ।
नेपालमा लकडाउन खुकुलो भएपछि हिडडुल गलाएतका गतिविधिहरू बढेका छन् भने जोखिम बढ्दै गईरहेको समयमा सर्तकता भने खुकुलो भएको छ । जसले कोरोना संक्रमण फैलिने जोखिम पनि बढेको छ ।
उनले कोरोना संक्रमणबाट जोगिनको लागि गर्नुपर्ने सामान्य व्यक्तिगत ध्यानहरुमा सबै सजग हुनुपर्ने बताएका हुन् ।
नेपालमा आज थप ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

प्रकाशित मिति:June 22, 2020