महान्यायाधिवक्ता र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता

  Sampatti News

June 22, 2020

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग भेटवार्ता गर्नुभएको छ । सोमबार आज भएको भेटमा दुई देशबीच सदियौंदेखि रहेको सम्बन्धका बारेमा चर्चा भएको थियो ।


यसैगरी नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुन बाँकी विकास आयोजनाका बारेमा पनि छलफल भएको जनाइएको छ।

भेटका क्रममा महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा पुगेको‚ संविधान बमोजिमका संरचनाहरू यसको उद्देश्यबमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको बताएका छन् ।

प्रकाशित मिति:June 22, 2020