अध्यक्ष थापाद्धारा स्वास्थ्यकर्मीहरुलाई पिपिई वितरण

  Sampatti News

June 22, 2020

काठमाडौँ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रिय कमिटीको सक्रियता तथा संयोजन र एएमआरसिको सहयोगमा विभिन्न अस्पतालका स्वास्थ्यकर्मिहरुलाई पिपिई वितरण गरिएको छ ।


स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरुको संगठन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापाको विशेष पहलमा संगठनले किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र सर्बाङा स्वास्थ्य सदनमा आज व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) वितरण गरेको हो ।

कोरोनाको कारण विश्व नै कोरोना विरुद्ध युद्ध लडिरहेको बेला स्वास्थ्यकर्मिहरुको मनोबल उच्च बनाउनको लागि पिपिई वितरण गरेको अध्यक्ष थापाले बताउनु भयो ।


संगठन कोरोना संक्रमणकोबिचको अवधिमा स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरुको अवस्था र समस्या सहजिकरण तथा व्यावस्थापनकोे लागि निरन्तर खटिईरहेको छ ।

प्रकाशित मिति:June 22, 2020