पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा काेराेना संक्रमण पुष्टि

  Sampatti News

June 23, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ ।

डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ७६ संक्रमित निको भएर डिस्चार्ज भएको पनि जानकारी दिए ।

प्रकाशित मिति:June 23, 2020