महानगरले हटायो दरवारमार्गको सशुल्क पार्किङ सेवा

  Sampatti News Online

January 4, 2023

काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित बाटोमा रहेको सशुल्क बाइक तथा कार पार्किङ सेवा काठमाडौँ महानगरपालिकाले हटाएको छ । मङ्गलवारबाट महानगरले सडकमा रहेको पार्किङ सेवा हटाएको हो ।

हाल उक्त सडकमा ट्राफिक प्रहरीले पार्किङ गर्न रोक लगाइरहेका छन् । यसअघि महानगरले निजी कम्पनीलाई सशुल्क पार्किङ सेवा सञ्चालनको जिम्मा दिएको थियो ।

पार्किङका कारण पिक आवरमा सवारी साधन आवतजावतमा कठिनाइ सृजना हुँदै आएको थियो ।

प्रकाशित मिति:January 4, 2023