काेराेनाबाट थप एकजनाकाे मृत्युु

  Sampatti News

June 23, 2020

काठमाडौँ । नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ का ४५ वर्षीय पुरूषको हिजो बेलुका मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

असार ४ गते प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सोही अस्पतालको आईसोलेसनमा उपचारका क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी क्षयरोग र दमको समेत विरामी रहेको मन्त्रालयका प्रवक्ता प्रा डा‍‍ जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा आज थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ । डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ७६ संक्रमित निको भएर डिस्चार्ज भएको पनि जानकारी दिए ।

प्रकाशित मिति:June 23, 2020