काेराेनाकाे औषधि बनेकाे बाबा रामदेवकाे दाबी

  Sampatti News

June 23, 2020

काठमाडाैँ । योग गुरु बाबा रामदेवले महामारीका रूपमा रहेको कोरोना भाइरसको औषधि पत्ता लगाएको बताएका छन्।

पतन्जलि योगपीठका सञ्चालक समे रहेका बाबा रामदेवले कोरोना भाइरस (कोभिड–१९) को औषधि बनाएको दाबी गरेका हुन्।

मंगलबार रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका गर्दै यसको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै भएको उनले बताउँदै दिल्ली सहितका सहरमा भएको क्लिनिकल कन्ट्रोल स्टडीमा २८० जना संक्रमित सहभागी रहेको र शतप्रतिशत विरामी ठीक भएको र एक जनाको पनि मृत्यु नभएको बताए ।

‘क्लिनिकल कन्ट्रोल ट्रायलमा भने १०० जना सहभागी थिए । उनीहरुमध्ये ६९ प्रतिशत संक्रमित ३ दिनमै ठीक भए भने सात दिनमा सबैको रिपोर्ट नेगेटिभ आयो’, बाबा रामदेवदले भने ।

रामदेवको दाबी छ, ‘हाम्रो औषधिको शतप्रतिशत रिकभरी रेट छ, शून्य प्रतिशत डेथरेट छ ।’

उनका अनुसार यो औषधि बनाउन अश्वगन्धा, तुलसी लगायतको प्रयोग गरिएको छ ।

प्रकाशित मिति:June 23, 2020