अर्को देशको नागरिकता लिँदा नेपालको रद्द हुने होइन, कायम नरहने हो 

  Sampatti News Online

January 6, 2023

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताका विषयमा परेको रिटमा शुक्रबार दुवै पक्षले बहस गरेका थिए छ ।

लामिछाने पक्षबाट जवाफी बहस गरेका वरिष्ठ अधिवक्ता सुनीकुमार पोखरेलले अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता रद्द हुने नभई कायम नरहने जिकिर गरे ।

नेपालको नागरिकता ऐनअनुसार अर्को राष्ट्रको नागकिरता लिए पनि नेपालको नागरिकता रद्द हुने होइन, कायम नरहने मात्र हो,” पोखरेलले आफूले गरेको बहसका विषयमा जानकारी दिएकाे हाे । “अमेरिकी नागरिकता २०७५ साल असार ३ गते त्याग गरी त्यसको सूचना अध्यागमन विभागमार्फत गृह मन्त्रालयमा बुझाएकाले त्यसपछि उनको नागरिकता कायम भएको छ ।”

उनले लामिछानेले त्यस बेला दिएको निवेदनमा नै आफ्नो नागरिकता अध्यावधिक गर्ने प्रयोजनका लागि भनेर खुलाएकाले उनले नागरिकता माग्न जानुपर्ने आवश्यकता नरहेको तर्क गरेका छन् ।

“दफा १० को २ अनुसार नागरिकता त्यागेको अवस्थामा पुनः प्राप्तिका लागि जानुपर्ने हो । नागरिकता नत्यागेको अवस्थामा विदेशी नागरिकता त्यागेर त्यसको जानकारी गराएसँगै नागरिकता कायम भएको छ,” पोखरेलले भने ।

प्रकाशित मिति:January 6, 2023