भारत र पाकिस्तानी सीमा जम्मु काश्मिरमा भएको झडपमा गुल्मीका एक युवककाे मृत्युु

  Sampatti News

June 23, 2020

गुल्मी । भारत र पाकिस्तानी सीमा जम्मु काश्मिरमा भएको गोली हानाहानमा एक नेपालीको मृत्यु भएको छ ।

सोमबार बिहान भएको उक्त झडपमा परेर भारतीय सेनामा कार्यरत गुल्मीको छत्रकोट गाउँपालिका ५ का दिपक कार्कीको मृत्यु भएको हो । कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै भएका बेला पाकिस्तानतिरबाट प्रहार भएको गोली लागि गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति:June 23, 2020