कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अत्यावस्यक बाहेक सबै सेवा ठप्प

  Sampatti News

June 24, 2020

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले अत्यावस्यक बाहेक सबै सेवाहरु बन्द गर्ने भएको छ । प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।

सेवा प्रवाह गरिरहेको खण्डमा संक्रमणको जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्मको लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पताल निर्देशक मंगल रावलले बताए ।

प्रकाशित मिति:June 24, 2020