शुभम पावरको आईपीओ खुल्यो

  Sampatti News Online

February 1, 2023

काठमाडाै । शुभम पावर लिमिटेडले आज (बुधबार)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्रीकाे लगि खुला गरिएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका चार लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो। सर्वसाधारणका लागि बिक्री गरिने सेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको एक लाख ८० हजार ५८० कित्ता सेयरसमेत थप भएको छ।

कूल कित्ता सेयरमध्ये ५८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। ११ हजार ६१० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

प्रकाशित मिति:February 1, 2023