पाल्पामा थप ३१ जनामा काेराेना पुष्टि: जिल्लामा आज मात्रै १सय २४ जनामा संक्रमण

  Sampatti News

June 25, 2020

काठमाडौँ । अद्यावधिक विवरणअनुसार पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणअनुसार बिहीबार थप ३१ जना संक्रमित थपिएका हुन् ।

यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरू रहेका छन् । त्यस्तै पूर्वखोला गाउँपालिका–१ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदन–आश्रित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २१ जना, रम्भा गाउँपालिकाका ६ जना र तिनाउ गाउँपालिकामा २० वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरू २० देखि ६४ वर्ष उमेरका रहेका छन् । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ ।

प्रकाशित मिति:June 25, 2020