मृगौला किन फेल हुन्छ ?

  Sampatti News

February 17, 2023

मानव शरीरमा हुने सिमी आकारको दुई अंग नै मृगौला हो । प्रत्येक मृगौला हाम्रो मुठी बराबरको हुन्छ । यसको आकार ११ से.मि. लम्बाई, ६ से.मि.चौडाई ३ से.मि. मोटाई र तौल १५० ग्राम हुन्छ । मृगौला पेटको पछिल्लो भागमा मेरुदण्डको तल्लो भागमा सुरक्षित हुन्छ ।
मृगौलाको कार्य :
-मृगौला शरीरमा हुने धेरै गतिविधिको उर्जाघर मानिन्छ । मृगौलाको महत्वपूर्ण कार्यहरु यसप्रकार छन :-
-रगत छान्नु मृगौलाको एक महत्वपूर्ण काम हो । छानिएकाबाट आवश्यक तत्व पुनः सोस्ने गरी शरीरमा नै पठाउने तथा अनावश्यक दूषित पदार्थ  पिसाव माफर्त बाहिर निष्कासन गरी शरीर स्वास्थ र सन्तुलित राख्ने काम गदर्छ ।
-शरीरमा आवस्यक तरल पदार्थको सन्तुलन कायम राख्दछ ।
-शरीरमा अम्ल र क्षारीय स्तर सन्तुलन कायम गरी शरीर स्वास्थ राख्दछ ।
-रेनिन इन्जाइमको उत्पादन गरी रक्त चापलाई नियन्त्रणमा राख्दछ ।
-हर्मोनको उत्पादन गरी रक्त कोषिका वृद्धि गर्न मद्वत गदर्छ ।
– भिटामिन डी लाई सक्रिय बनाई हड्डीलाई मजबुत बनाउँदछ ।
-शरीरको काम निरन्तर र सही तरिकाबाट हुनको लागि शरीरमा भएको खनिज र अन्य रसायनको मात्रालाई सन्तुलनमा राख्नु ।

मृगौला रोग भनेको के हो ?

स्वास्थ व्यक्तिका दुवै मृगौलाले संयुक्त रुपमा प्रति मिनेट १०० देखि १३० मिलीलिटर (मिली) सम्म रगत छान्ने काम ९ाष्तिचबतष्यल० गर्दछ । साथै पिसाब मार्फत अनावश्यक तथा दुषित पदार्थ शरीरबाट बाहिर निष्काशन गदर्छ । तर कुनै पनि कारणले गर्दा यसरी छान्ने क्षेमता ह्रास आएमा मृगौलाको रोग लागेको भन्नुपर्ने हुन्छ ।

मृगौला रोगलाई दुई भागमा विभाजन गरिएको छ
१. मृगौलाघात
२. दीर्घकालीन मृगौला रोग

१. मृगौलाघातः 
मृगौलाको कार्य क्षमता अकास्मात वा तिब्र रुपले ह्रास आउँछ । जसमा पिसावको निष्काशन कम  हुन्छ । (पिसावको निष्काशन कम वयस्कमा प्रति दिन ४०० m िभन्दा, केटाकेटीमा ०.५ m भन्दा कम हुन्छ ।) मृगौलाघात सामान्यतमा उपचार गर्न सकिन्छ ।
२. दीर्घकालीन मृगौला रोग 
दीर्घकालीन मृगौला रोग भनेको मृगौलामा तीन महिना वा सो भन्दा बदी समयदेखि क्षतिको अवस्थामा हुनु अथवा मृगौलाको कार्यक्षमतामा
ह्रास हुुनु हो । मृगौलाको कार्य क्षमता १५५ भन्दा कम हुँदा दीर्घकालीन मृगौला रोगले विफल वा मृगौलाको अन्तिम अवस्था  सिर्जना गर्न सक्छ ।
मृगौलामा खराबी आउनाका कारणहरु :
मृगौला कुनै एक वा अनेक कारणहरुले गर्दा खराब हुन सक्दछ । मृगौला खराब हुनु भनेको नै मृगौलामा रोग लागेको भन्ने बुझ्नुपर्ने हुन्छ । अकस्मात तीब्र रुपले रोगका कुनै लक्षण थाहा नै नपाईकन वा हेलचेक्राई गर्दागर्दौ दीर्घकालीन मृगौला खराब हुनु सक्दछ ।

(क) मृगौलाघातका कारणहरु 
दुखाई कम गर्ने औषधिको अत्याधिक तवरले प्रयोग भएमा 
– वंशानुगत रोग
– युरिक एसिडको मात्रा बढी भई बारम्बार बाथ भएमा
– मृगौलाको दुवैर्तफ रक्तनली साँघुरिएमा ।
– मृगौलामा भएका स-साना नलीहरु र वरिपरिको भाग सुन्निएमा

मृगौला रोगका लक्षणहरु :
मृगौलाको कार्यक्षमतामा ह्रास हुँदै आएपछि तत्काल देखापर्ने लक्षणहरु यस प्रकार छन् :
१. शुरुमा रातको समयमा धेरै पटक पिसाब गर्न उठिरहनु पर्ने ।
२. शरीरका अंगहरु खासगरी हात , खुट्टा, अनुहार सुन्निने ।
३. रक्तअल्पताले गर्दा,हिंड्दा सास बढ्ने र थकान महुसुस हुने ।
४. वाकवाकी लाग्ने तथा खानामा रुची कम हुँदै जाने ।
५. क्रमिक रुपमा वा अचानक पिसावको मात्रा कम हुँदै जाने ।
६. छाला सुख्खा हुने र चिलाउने ।
७. राती खुट्टाको मासु गल्ने र फर्किने ।
८. राती निन्द्रा नलाग्ने तथा कुनै काममा ध्यान नजाने ।
९. थकाई र कमजोरी महसुस गर्ने ।
१०. महिनाबारी गडबडी हुने ।
११. बेलाबखत बेहोस हुने वा काप्ने ।
१२. रक्तचाप बढ्दै जाने ।
मृगौला रोगको जोखिमका कारणहरु :-

– मधुमेह
– उच्च रक्तचाप
– मुटुरोग
– धुम्रपान
– मोटोपना
– उच्च कोलेष्टोल
– मृगौला रोगको पारिवारिक पृष्ठभूमि
– ६५ वर्ष वा सो भन्दा बढी उमेर भएका व्यक्ति
मृगौला रोगका जटिलताहरु
दीर्घकालीन मृगौला रोगले प्राय शरीरको सबै अंगहरुलाई असर गर्छ । सम्भावित जटिलहरु निम्न छन् ।
– तरल पदार्थ उचित मात्रामा निष्कासन नहुँदा पाखुरा र खुट्टा सुन्निने, रक्तचाप बढ्ने वा फोक्सोमा पानी  जम्ने हुन सक्छ ।
– अचानक रगतमा पोटासियमको मात्रा बढ्नु , जसले तपाईको मुटुको कार्यलाई बिगार्छ र जीवन नै खतरामा पार्न सक्छ ।
– मुटु र रक्तबाहिनी रोग ।
– हड्डी कमजोर हुने, भाँचिने जोखिम बढ्नु ।
– रक्तअल्पता हुनु ।
– यौन क्षमता घट्नु वा दुर्वलता ।
– केन्द्रिय स्नायु प्रणालीमा क्षति जसले ध्यान गर्नमा समस्या, व्यक्तित्वमा परिवर्तन ।
– प्रतिरक्षा क्षमता घट्नु, जसले तपाईलाई कमजोर बनाउँछ र संक्रमणको खतरा बढी हुन्छ ।
– मुटुलाई ढाक्ने झिल्ली सुन्निनु ।
– गर्भावस्थामा हुने कठिनाईहरुले आमा र भु्रण जोखिममा हुन्छ ।
– मृगौलामा अपूरणीय क्षती गराउन सक्छ परिणामस्वरुप बाँच्नको लागि डायलाईसिस वा मृगौला प्रत्यारोपण गनुपर्ने हुन्छ ।
परीक्षण र रोग पत्ता लगाउनु
तपाईलाई दीर्घकालीन मृगौला रोग छ भनी निश्चित गर्नको लागि परीक्षण र कार्यविधिको आवश्यकता पर्छ, जस्तै :-
 रगत परीक्षण :- अनावश्यक तत्वको मात्रा तपाईको रगतमा कति छ भन्न पत्ता लगाउनको लागि मृगौलाको कार्य परीक्षण गरिन्छ, जस्तै: क्रिएटिनिन र यूरिया ।
 पिसाब परीक्षण :- तपाईको पिसाबको नमूना परीक्षण गर्दा केही असामान्य छ भने देखाउँछ जसले दीर्घकालीन मृगौला रोगको कारण पत्ता लगाउन पनि मद्दत पु¥याउँछ ।
 इमेजिङ् परीक्षण:- तपाईको मृगौलाको बनाट र आकार निर्धारित गर्नको लागि अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । कुनैकुनै स्थितिमा अन्य इमेजिङ् परिक्षणहरु पनि प्रयोग हुन्छ ।
मृगौला रोगको उच्च खतरामा रहेका व्यक्तिहरुलाई रोकथामका उपायहरुः
 नियमित स्वास्थ्य परिक्षण
 मधुमेह र उच्च रक्तचापका लागि दिइएको उपचारको अनुसरण गर्ने
 अत्याधिक तौललाई घटाउने
 धुम्रपान बन्द गर्ने
 अनावश्यक औषधि सेवन नगर्ने
 अत्याधिक मदिरापान नगर्न
 नुनिलो र प्रोटिनयूक्त खाना कम खाने
 दीर्घकालीन मृगौला रोगको डायलिसिस गर्नु अगाडिको उपचार
 तपाई चिकित्सा अवस्था व्यवस्थित गर्न चिकित्सकको सहयोगमा लिने :- यदि तपाईमा रोग वा त्यस्तो कुनै अवस्था छ जसले मृगौला रोगको खतरा बढाउँछ भने नियन्त्रणको लागि चिकित्सकसँग परामर्श लिने ।
खाना
 प्रोटिनयुक्त खानामा नियन्त्रण गर्ने,
 रातो मासु (खसी, राँगा नखाने)
 माछा वा कुखुरा दैनिक एक दुई सानो टुक्रा खाने
 दूध तथा दूधबाट कनेका पदार्थ कम खाने
 हरियो सागसब्जीबाट पोटासियम हटाउनको लागि उम्लेको पानीमा करिब आधा घण्टासम्म डुबाउने र निकाली पकाएर खाने
 अत्याधिक पोटासियमयुक्त फल ( अंगुर,अनार,केरा,सुन्तला,मौसम ) नखाने

प्रकाशित मिति:February 17, 2023