प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  Sampatti News Online

March 1, 2023

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

आज (बुधबार) बस्ने बैकठमा राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा सभामुखले जानकारी गराउने कार्यसूची छ ।

बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:March 1, 2023