कोरोनाबाट थप १ जनाको मृत्यु भएको पुष्टि

  Sampatti News

June 29, 2020

काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा कोरोना भाइरस (कोभिड- १९) बाट थप १ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक थप १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको हो ।

रौतहटका ३० वर्षीय पुरुषको ललितपुरको स्टार अस्पताल सानेपामा असार १३ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

श्वासप्रश्वासमा समस्याका कारण अस्पताल आएका उनको मृत्युपश्चात कोरोना पुष्टि भएको हो । उनी ३ महिनादेखि फोक्सोको समस्याबाट पीडित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोभिड- १९ संक्रमितको कुल संख्या १३ हजार २४८ पुगेको छ । संक्रमितमध्ये ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति:June 29, 2020