एउटै रुखमा झुण्डिएको अवस्थामा महिला र पुरुष मृत फेला

  Sampatti News Online

March 2, 2023

धनगढी । कैलाली जिल्लामा एउटै रुखमा झुण्डिएको अवस्थामा महिला र पुरुष दुवैजना मृत फेला परेका छन् । कैलालीको कैलारी गाउँपालिकामा एक महिला र एक पुरुष मृत फेला परेका हुन् ।

कैलारी गाउँपालिकाको हसुलियामा बुधबार महिला र पुरुष एउटै रुखमा छुट्टाछुट्टै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेका महिला र पुरुष प्रौढ उमेरका जस्ता देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ ।

प्रकाशित मिति:March 2, 2023