शेयर बजारमा गिरावट कायमै, आजपनि २६ अंकले घट्यो

  Sampatti News Online

March 2, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २६.४८ अंकले बढेर एक हजार ९ सय ६९ दशमलव १ विन्दुमा बन्द भएको छ । 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ६३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ कम्पनीको शेयरमूल्य घटेको छ  । तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्से सूचक घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । बिहीबार २५६ वटा कम्पनीका ३६ लाख ५७ हजार १५४ कित्ता शेयर किनबेच भएर १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बुधबार एक अर्ब २८ करोड ८३ लाख रुपैयाँ बराबरको ३७ लाख २९ हजार कित्ता शेयर किनबेच भएको थियो ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमुहको सूचक नकारात्मक देखिएका छन् । लघुवित्त उपसमुहको सूचक सबै भन्दा धेरै २.६४ प्रतिशतले घटेको छ । यस्तै व्यापार उपसमुहको सूचक पनि २.३२ प्रतिशतले घटेको छ ।

फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, लगानी, जीवन बीमा र अन्य उपसमुहको सूचक पनि १ प्रतिशत भन्दा धेरैले नकारात्मक भएका छन् ।

नेप्से सूचक दोहोरो अंकले घटेको भएपनि बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर मूल्य भने सबै भन्दा धेरै ४.२९ प्रतिशतले बढेको छ । यस्तै युनिक नेपाल लघुवित्त, बोटर्लस नेपाल तराई, सामलिङ्ग पावरको शेयरमूल्य पनि ३ प्रतिशत भन्दा धेरैले बढेका छन् ।

यता ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सर्वाधिक ७ प्रतिशतले घटेको छ । यस्तै स्वाभिमान लघुवित्त, नाडेप लघुवित्तको शेयर मूल्य पनि ५ प्रतिशत भन्दा धेरैले घटेका छन् ।

यस दिन हिमालयन डिस्टिलरीको शेयर सबै भन्दा धेरै ८ करोड १२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । यस्तै शिवम सिमेन्टको ६ करोड ३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:March 2, 2023