२९ औँ ‘अल नेपाल मेडिकल कन्फ्रेन्स विराटनगरमा सुरु

  Sampatti News Online

March 2, 2023

काठमाडौं- २९ औँ ‘अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’ बिहिबारबाट विराटनगरमा सुरु भएको छ। नेपाल मेडिकल एसोसियसनको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मत कार्कीले  जनताको स्वास्थ्य सुधारका क्षेत्रका चिकित्सक संघले गरेका कार्यमा सहकार्य गर्न प्रदेश सरकार सधै सकरात्मक हुने बताए। 

उनले चिकित्सक संघको सुरु गरेको मेडिकल म्युजियम विराटनगरमा बनाउन आग्रह गर्दै त्यसकालागि आवश्यक जग्गा उपलब्ध गराउने बताए।

विशेष अतिथी स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले  एनएमसँग मन्त्रालय सहकार्यका लागि तयार रहेको बताए। 

एनएमएका नवनिर्वाचित अध्यक्ष अनिलविक्रम कार्कीले चिकित्सकिय सुरक्षा पनि अहिले उठाउनुपर्ने बेला भएको भन्दै  उनले स्वस्थ नेपालका लागि स्वस्थ चिकित्सक भन्ने नारा पुरा गर्न लागिरहने बताए।  

विशेष अतिथि इन्डियन मेडिकल एसोसियसनका अध्यक्ष  डा. शरद कुमार अग्रवालले भारतमा भइरहेका राम्रा अभ्यासबाट नेपालले धेरै सिक्न सक्ने बताउँदै  प्रविधी र उपकरणको प्रयोगले स्वास्थ्यमा धेरै सुधार गर्न सकिने जानकारी दिए। 

कार्यक्रमका बोल्दै नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. लोचन कार्कीले संघको स्थापना भएको भूमि विराटनगरमा  कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गरे।  अध्यक्ष डा.  कार्कीले नव निर्वाचित अध्यक्ष डा. अनिल विक्रम कार्कीलाई जिम्मेवारी हस्तान्तरण गरे।

एनएमएका प्रमुख निर्वाचन अधिकृत डा धन बहादुर रानाले  गत महिना भएको निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै सबैलाई बधाई  तथा शुभकामना दिए।

एनएमएका महासचिव डा बद्री रिजालले संघको स्थापना तथा वर्तमामानमा भइरहेका कामहरुबारेको जाकारी दिदै तीन वर्षको  प्रगती प्रतिवेदन पेश गरेका थिए।

उक्त कार्यक्रममा एनएमएका अध्यक्ष डा. लोचन कार्कीद्वारा लिखत पुस्तक `नेपाल चिकित्सक संघ विगतदेखि वर्तमानसम्म´ विमोचन गरिएको थियो। 

उक्क सम्मेलनमा एनएमए काउन्सिलको ६० जना सदस्यको लागि  समेत निर्वाचन समेत हुँदै छ। सम्मेलननको वैज्ञानिक कमिटी संयोजक डा. शैलेन्द्र कुमार श्रेष्ठ रहेका थिए।

सम्मान तथा अवार्ड वितरण 

उक्त कार्यक्रमाका रुपा चिकित्सा सेवा अवार्डबाट नेपालको स्वास्थ्य क्षेत्रमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा अतुलनिय योगदान गरेको भन्दै डा. भोला रिजाललाई रु एक लाखसहित सम्मानपत्र प्रदान गरिएको थियो।

यस्तै २५ हजार सहित हरिसिद्दी अस्पतालकी  लहरमाया महर्जनलाई नर्सिङ तर्फको रुपा अवार्ड तथा सम्मान गरिएको थियो।

रु एक लाखको सज्जन श्याम ट्रष्ट २०७९ बाट बेस्ट डाक्टर अवार्ड नेपालको पहिलो रेडियसन अन्कोलोजिस्ट  डा. तारा मानन्धरलाई  प्रदान गरिएको थियो।

त्यसैगरी पूर्व अध्यक्षहरुबाट डा. विजय कुमार शर्मा तथा डा शुधा शरणार्थीलाई  सम्मान गरिएकाे थियो। 

त्यस्तै संघका वरिष्ठ सदस्य ९९ वर्षिय डा गौरिशंकरलाल दासलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो।

त्यस्तै संघको कोशी शाखाका तर्फवाट डा. आरपी बिच्छालाई समेत सम्मान गरिएको थियो। कार्यक्रम आयोजक कमिटीका अध्यक्ष डा. फरवार्ड सिलवालको सभापतित्वमा भएको थियो।

प्रकाशित मिति:March 2, 2023