उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाँदै

  Sampatti News Online

March 3, 2023

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन कतार जाने भएका छन् ।

कतारको राजधानी दोहामा आगामी आइतबारदेखि मंगलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज (शुक्रबार) प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँ कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौं राष्ट्र संघीय सम्मेलनमा भाग लिन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्नुहुने भएकाे हाे । उहाँको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूत लगायत कतारमा जाने भएका हुन् ।

श्रेष्ठले विभिन्न देश तथा संघ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति:March 3, 2023