प्रशासनिक क्षेत्रमा बिकृति थोपर्दै सचिब पुष्कर

  Sampatti News Online

March 9, 2023

काठमाडौ । नेपालको सार्वजनिक प्रशासनको गरिमा कमजोर गराउने अभियानमा प्रशासन क्षेत्रकै बहालवाला कर्मचारीको प्रमुख हात रहेको देखिन्छ । लोकतान्त्रिक ब्यबस्थामा यात्रारत नेपालको प्रशासन क्षेत्रले मर्म अनि धर्म अनुसार पछिल्लो पटक आफ्नो लिक छोडदै गएको अनुभुती प्रशासकहरुका कार्यसम्पादन नियाल्दा यो झल्को आउने गरेको छ।


राजनीतिक नेतृत्वलाई औंला देखाएर नेतृत्वमा रहेका प्रशासकले आफू जोगिन खोजेको देखिदै छ तर जो जहाँ छौ त्यहाँबाट आफुले लोकसेवा अध्ययन गर्दा अनि देश बिदेशका अभ्यासलाई डटेर राजनीतिक नेतृत्व सामु प्रस्तुत हुन नसक्दा दिन प्रति दिन नेपालको प्रशासनको गरिमा कम्जोर बन्दै गएको अनुभुति गर्नुपरेको हो ।


आकर्षक मन्त्रालय पाउने लोभमा सकेसम्म सबै पार्टीको सदस्यता हात पार्ने र मन्त्रालय छिर्ने प्रवृत्ति कायम रहेसम्म जनस्तरमा प्रशासन क्षेत्रको आलोचना बढनेक्रम कम हुने देखिदैन । मुख्यसचिव एक्लोले थिती र बिधिमा रहि काम गरेरमात्र हुदैन भन्ने उदाहरण अहिले हेर्न सक्छौ।


मुख्यसचिव केहि नयाँपन दिऔ भन्ने सोचले अगाडि बढेको देखिन्छ तर प्रशासनको चेन अफ कमान्ड भन्दा बाहिर गएर दबाब र प्रभावमा पारेर मन्त्रालय हत्याउने कनिष्ठ सचिबका कारण सेबा प्रबाहमा समेत ठुलै असर परिरहेको छ।


लोकतान्त्रिक ब्यबस्था कै विरुद्धमा लाग्ने लोकमान सिह कार्की आख्तियारमा रहदा उनका खास मतियारका रूपमा परिचालन भएका पृष्ठभुमि बोकेका सचिब कृष्णहरि पुष्कर सचिब बढुवासँगै प्रदेशमा नगएरै अर्थको राजस्वमा जिम्मेवारी हत्याउन के सम्म योगदान गर्नुपर्यो त्यो सबै सामु छर्लङ्ग छ।

सचिब बढुवा भएपछि प्रदेश नगै सघमा जिम्मेवारी नपाउने निजामती ऎन र बिधि उनका हकमा किन लागु भएन यो सन्दर्भ नत बहसमा आयो नत भित्र जमेर रोक्न सकियो ।पछिल्लो समय प्रशासन भित्रको बिकृती नेतृत्व गर्दै तिनै पुष्कर सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हाकिरहेका छ्न यसबाट सजिलोसँग भन्न सक्छौ हामी कहाँ छौ। उनी सामान्य प्रशासन मन्त्रालय भित्रिए सगै ठुलै संख्यामा सहसचिव उपसचिव र शाखा अधिकृत सम्म सरुवा बढुवा गर्न सफल भैसकेका छ्न ।


स्थानीय तहमा पठाउने कार्यकारीहरुलाई घरमै बोलाएर बोलकबोलमा जिम्मेवारी दिन समयको चापले उनलाई भ्याइनभ्याई भएको छ। उनलाई अहिले परेको मर्का मन्त्रीले समेत बुझ्न सकेका छैनन। के यस्तै प्रवृत्तिलाई प्रोत्साहन दिन पुष्कर भित्र्याइएको हो ? इमानदार प्रशासकले यतिबेला प्रश्न गर्दैछ्न भने यो हर्कत देख्ने र बुझ्ने नागरिक समाज आकोशित बन्दै गएको छ।

प्रकाशित मिति:March 9, 2023