नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने

  Sampatti News Online

March 10, 2023

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) बिहान ९ बजे पशुपति जाने कार्यक्रम रहेको छ । पशुपति दर्शनपछि राष्ट्रपति पौडेल सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र सङ्ग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइन जान लागेका छन् ।

पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए 

प्रकाशित मिति:March 10, 2023