घुससहित  शिक्षा अधिकृत पक्राउ

  Sampatti News Online

March 10, 2023

काठमाडौँ । सरुवा सहजीकरणका लागि भन्दै एक लाख घुस खाने अधिकृत अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।यस्तो फट्याई गर्न अधिकृत हुन,ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत ।
अधिकृत शेषकान्त पौडेललाई अख्तियारले टोलीले एक लाख घुससहित पक्राउ गरेको हो ।

उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको उजुरी अख्तियारमा परेको थियो । यसपछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रकाशित मिति:March 10, 2023