सरकारमा जाने काँग्रेसको निर्णय

  Sampatti News Online

March 19, 2023

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।

आज संघीय संसद भवनको शङ्कर हलमा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे काँग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने छ ।

प्रकाशित मिति:March 19, 2023