प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

  Sampatti News Online

March 19, 2023

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको दिने तय भएको छ । त्यसको अघिल्लो दिन आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

१० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा रास्वपाले पनि समर्थन गरेको थियो । ११ पुसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए भने ३ माघमा रास्वपाका डोलप्रसाद अर्याल श्रम र शिशिर ढकाल शिक्षामन्त्री तथा तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री भए ।

२५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको छ ।

प्रकाशित मिति:March 19, 2023