घनश्याम भुसाल बने एकीकृत समाजवादी पार्टीको महासचिव

  Sampatti News Online

March 19, 2023

काठमाडौं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीको महासचिव बनेका छन् ।

आइतबार बिहान बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो । भुसालले मंसिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका थिए ।

यस्तै, यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति:March 19, 2023