तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

  Sampatti News Online

April 13, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले तीन कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । बिहिबार नेप्सेले महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत गरेको हो । 

बिहीबार महालक्ष्मी विकास बैंक (MLBL),युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यस दिन महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै युनियन लाइफ इन्स्योरेन्स (ULI) को पनि १९ लाख २८ हजार ५५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरी पोखरा फाइनान्स लिमिटेड (PFL) को पनि ४ लाख १६ हजार ३६७.९२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत ३ वटै कम्पनीको बोसन शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित मिति:April 13, 2023