प्रधानमन्त्री ओली गंगलाल अस्पतालमाः इसीजी र इको परिक्षण हुँदै

  Sampatti News

July 1, 2020

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल हृदयरोग केन्द्र (मुटु अस्पताल) बाँसवारी पुग्नु भएको छ ।


अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली इसीजी र इकोको परीक्षणको लागि अस्पताल पुग्नु भएको हो । उहाँको परिक्षण भईरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अस्पताल जाने योजना पहिले नै तय भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति:July 1, 2020