नेप्सेमा झिनो अंकको गिरावट

  Sampatti News Online

April 16, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आइतबार (आज) नेप्से २.८०  अंकले घटेर एक हजार ९ सय ३१ दशमलब ६८  विन्दुमा बन्द भएको हो । बिहिबार  भने नेप्से दोहोरो अंकले घटेको  थियो ।     

त्यस्तै, आज ९७ करोड ४५ लाख ९ ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७०  कम्पनीको शेयरमूल्य बढेको छ भने १३९  कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १०  कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९  प्रतिशतले बढेर प्रतिकित्ता १४३०.७० रुपैयाँ पुगेको छ । यसका साथै मोलुङ हाइड्रोपावर को शेयरमूल्य ९.९९  प्रतिशतले बढेर प्रतिकित्ता १७०.६ ० रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९८  प्रतिशतले बढेर प्रतिकित्ता ५५१.९० रुपैयाँ पुगेको छ ।        

नेप्सेका अनुसार एसियन हाइड्रोपावरका  लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य  ७ प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको कारोबार  भएको छ । यस कम्पनीको आज ३  करोड ८९  लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:April 16, 2023