दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

  Sampatti News Online

April 17, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार (आज) नेप्से २३.६४ अंकले घटेर एक हजार ९ सय ८ दशमलब ४ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज ९२ करोड ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५७३.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ६०७ रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता १८७.६० रुपैयाँ पुगेको छ ।          

नेप्सेका अनुसार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड २ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:April 17, 2023