पछिल्लो २४ घण्टामा लगभग १५ सयले जिते कोरोना

  Sampatti News

July 1, 2020

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट मुक्त हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म देशभर कूल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये महिला १ हजार ७ सय ७४ र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।

कोरोनाबाट बुधबार थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति:July 1, 2020