पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा काेराेना पुष्टि

  Sampatti News

July 2, 2020

काठमाडौं । अद्यावधिक विवरणअनुसार बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमध्ये २८ जना काठमाडौँ जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५ सयद१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।

प्रकाशित मिति:July 2, 2020