एकै पटक यातायात १४ कर्मचारीसँग अख्तियारले लियो बयान

  Sampatti News Online

April 27, 2023

काठमाडाैँ। एकै पटक यातायात १४ कर्मचारीसँग अख्तियारले बयान लिएको छ । लिखित परीक्षाको नतिजा हेरफेर गरेको अभियोगमा यातायात कार्यालय जगातेका कार्यालय सहयोगीदेखि हाकिमसम्म गरी १४ जनालाई टंगालमा बोलाएर बुधबार बयान लिइएको लिइएको अख्तियार स्रोतले जनाएको छ ।

कार्यालयले केही समय अघि लिएको यातायात ट्रायलको लिखित परीक्षाको नतिजामा हेरफेर गरेको लगायत आठ वटा कैफियत भेटिएका कारण उनीहरुलाई बयान लिइएको टंगाल स्रोतले जनाएको छ ।

अख्तियार स्रोतका अनुसार वयान लिइएकाका तत्कालीन हाकिम सहित कार्यालय सहयोगीसम्म परेका छन् । त्यहाँका तत्कालीन हाकिम नेत्र प्रसाद भट्टराई (हाल खुमलटार पर्यटन कार्यालय),अधिकृत (छैटौं) कृष्ण निरौला,कार्यालय सहयोगी गणेश थिङ,अधिकृत छैटौं विष्णु विक,हाल यातायात कार्यालय एकान्तकुनाका हाकिम राजकुमार कपाली,मेकानिकल इन्जिनियर चन्द्रनारायण श्रेष्ठ,अधिकृत श्याम श्रेष्ठ,पवन पन्त,जनक काफ्ले लगायतका कर्मचारीहरुलाई टंगालमा बोलाएर बयान लिइएको छ ।
अख्तियारले ०७९ साल वैशाखदेखि असार सम्मको सिसिटिभी फुटेज अध्ययन गर्दा आठ दिनको काम कारवाहीमा त्रुटी भेटिएको भन्दै उनीहरुलाई टंगालमा डाकेर बयान लिएको अख्तियार स्रोतले जनाएको छ ।

प्रकाशित मिति:April 27, 2023