ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

  Sampatti News Online

April 29, 2023

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो ।

इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए ।

केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो ।

प्रकाशित मिति:April 29, 2023