सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

  Sampatti News Online

May 3, 2023

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेका छन् । आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति:May 3, 2023