सुनको मूल्य हालसम्मकै उच्च

  Sampatti News Online

May 4, 2023

काठमाडौँ । नेपाली बजारमा आज सूनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज बिहीबार नेपाली बजारमा सुनको प्रतितोला १ हजार २०० बढेसँगै नयाँ रेकर्ड कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको हो । 

प्रकाशित मिति:May 4, 2023