सामान्यमा दररेट सुरुवात गराउने सचिब पोख्रेल अर्थमा

  Sampatti News Online

May 5, 2023

काठमाडौं। बजेट निर्माणको प्रक्रिया तीब्र चलिरहेको बेला सरकारले अर्थसचिव सरुवा गरेको छ। सामान्य सचिब हुदा प्रशासकीय अधिकृत सरुवामा दररेट कायम गराउने थिति बसाल्न सफल सचिव अर्जुन पोखरेललाई पुरस्कृत गरि अर्थ सचिबमा ल्याएको छ।

उनी प्रधानमन्त्री कार्यालयमा थिए। आफनो निष्ठापुर्वकको कर्ममा रमाउने अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। नेकपा एकीकृत माओवादी र नेकपा एमालेको सरकारका पालामा रायालाई अर्थसचिव बनाएर ल्याइएको थियो।

एमाले सरकारबाट हटेपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्रीको रुपमा आए। उनी आएपछि अर्थसचिव सरुवाको तयारी भएको थियो।

रायाको सरुवा हुने भएपछि अर्थसचिवका लागि कृष्णहरि पुष्कर र पोखरेल घलें दौडमा थिए। पुष्करप्रति अर्थमन्त्री महत सकारात्मक भएनन्। पुष्करलाई अर्थसचिव बनाउन महतलाई ठूलै दबाब आएपनि मानेनन्। त्यसपछि पोखरेल अर्थसचिव बनेका हुन्। महतले केवल भण्डारीलाई सचिवमा ल्याउन सकारात्मक थिए। तर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले नरुचाएका कारण भण्डारी ल्याउन सकेनन्। सेवा अबधिका अन्त अन्त्यमा पुगेका भण्डारीले पनि सर्त सहितको अर्थसचिवमा आउन जोडबल गरेनन्।

पोखरेलको विगतको छबि

अर्थ सचिव पोखरेल २०५१ मा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनले आन्तरिक राजश्व विभाग, भन्सार ‍विभाग, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा काम गरेको बायोडाटा बनाएको भएपनी जहाँ जहाँ बसे राम्रो छवि बनाएनन । मनोरञ्जनका पारखी पोखरेलका कतिपय कर्म नियाल्नेहरु भन्छ्नन यहाँ यस्तै प्रशासक को बोलवाला छ। आफनो जिम्मेवारी भन्दा शक्तिकेन्द्र कै वरिपरि रमाउने भएकै ले अहिलेको यस्तो तरल अवस्थामा हाम्रोले भन्दा राम्रो लाई खोजेर ल्याउनुपर्नेमा पोखरेल जस्ता सचिब भित्रीन सफल भए ।

सम्पत्ति शुद्धिकरण विभाग प्रमुख, अर्थ मन्त्रालयको प्रवक्ता , सोही मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, कपिलवस्तु र रुपन्देही प्रमुख जिल्ला अधिकारी भएर काम गरेपनि कतैपनी उल्लेख्य काम गर्न सकेनन् । उनी सुदुरपश्चिम र मधेस प्रदेशको सचिव भएर समेत काम गरिसकेका छन्।

२०७७ सालमा सचिवमा बढुवा भएका उनी त्यसपछि उनले लोकसेवा आयोगमा करिब ४ महिना सचिवका रुपमा काम गरे। त्यहाँबाट उद्योग सचिव बनेका पोखरेलले सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्।सामान्यमा सचिब हुदा मधेस प्रदेशका नब्बे प्रतिशत प्रशासकीय अधिकृतलाई सरुवा गर्दा एउटा रेट नै तोकेर सरुवा गर्ने परम्परा थालनी गराउने सचिबमा आफुलाइ चिनाए। उनको सरुवा सगै अहिले सामान्यमा अर्जुन सरको दरमै होइन त भन्ने चर्चा चल्ने गरेको छ।अब बजेटको मुखमा अर्थ भित्र्याइएका सचिब बाट के के हुने हो त्यो भने हेर्न बाकी छ।

प्रकाशित मिति:May 5, 2023